Section 9
लगानीबाट भएको आयको गणना
(१) कुनै व्यक्तिले कुनै आय वर्षमा लगानीबाट गरेको मुनाफा र लाभहरु सो व्यक्तिको सो लगानीको सो वर्षको आय ०हुनेछ ।

(२) कुनै व्यक्तिले कुनै आय वर्षमा लगानी गरे बापत गरेको मुनाफा र लाभको गणना गर्दा सो व्यक्तिले सो वर्षमा प्राप्त गरेका देहायका रकमहरु समावेश गर्नु पर्नेछ:-

(क) सो लगानीबाट प्राप्त लाभांश, ब्याज, प्राकृतिक स्रोत बापतको भुक्तानी, भाडा, रोयल्टी, लगानी -बीमाबाट प्राप्त लाभ, दफा ६३ को उपदफा (१) बमोजिम स्वीकृति प्राप्त नगरेको अवकाश कोषको: हितबाट प्राप्त लाभ वा स्वीकृत अवकाश कोषबाट गरिएको अवकाश भुक्तानी,

(ख) परिच्छेद-८ बमोजिम गणना गरिएको सो व्यक्तिको सो लगानीको गैरव्यावसायिक करयोग्य सम्पत्तिको निसर्गबाट प्राप्त खुद लाभ,

(ग) सो व्यक्तिले गरेको लगानीको हासयोग्य सम्पत्ति निर्सग गर्दा अनुसूची-२ को दफा ४ को उपदफा (२) को खण्ड (क) बमोजिम ह्वासयोग्य सम्पत्तिको समूहमा भएका सम्पत्तिको लागि गरिएको खर्चहरु (आउटगोइङ्गस) सहितको बाँकी मूल्यभन्दा प्राप्त हुने आम्दानीहरु (इनकमिङ्गस) बढी भएमा सो बढी भएजति रकम,

(घ) लगानीका सम्बन्धमा सो व्यक्तिले प्राप्त गरेको उपहार,

(ङ) सो लगानीका सम्बन्धमा गरिएको अवकाश भुक्तानी र सो व्यक्तिको लागि अवकाश कोषमा जम्मा गरिएको रकम समेतको अवकाश योगदान,

(च) लगानीका सम्बन्धमा कुनै प्रतिबन्ध स्वीकार गरे बापत प्राप्त गरिएका रकमहरु, र

(छ) परिच्छेद-६ वा ७ वा दफा ५६ बमोजिम समावेश गरिनुपर्ने अन्य रकमहरु ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिले लगानीबाट प्राप्त गर्ने मुनाफा तथा लाभको गणना गर्दा देहायका कुराहरु समावेश गरिने छैनन्‌:-

(क) दफा १०, ५४ र ६९ बमोजिम छुट पाउने रकम र अन्तिम रुपमा कर क्ट्टी हुने भुक्तानी, र

(ख) सो व्यक्तिले रोजगारी वा व्यवसायबाट आर्जन गर्ने आयको गणना गर्दा समावेश गरिने रकम ।